कान्छो खवर । सोमबार, आषाढ ११, २०८१
गाईघाट १० असार ।
त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२का लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजारको अनुमानित बजेट ल्याएको छ।
सोमबार आयोजित नगरपालिकाको १३ औं अधिबेशनमा उप- मेयर महेश्वरी राईले आगामी बर्षको लागि आर्थिक बर्षको लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैया बराबरको अनुमानित आय- ब्यय सहितको बजेट प्रस्तुत गरेकी हुन् ।
त्रियुगाले चालु आर्थिक बर्ष २०८०/०८१ को तुलनामा आगामी बर्ष को लागि दोब्बर बढाएर बजेट ल्याएको हो ।चालु आर्थिक बर्षमा त्रियुगाको बजेट संशोधन सहित १ अरब ४ करोड ७५ लाख ४४ हजार ८ सय ९२ रुपैया रहेको थियोे ।
आगामी आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्च तर्फ ७९ करोड ३५ लाख ९ हजार र पुजीगत तर्फ ६८ करोड ३६ लाख २ हजार बजेट बिनियोजित गरीएको छ।
आगामी बर्षको लागि त्रियुगाले खर्च ब्यहोर्ने गरी स्रोतहरु मध्ये आन्तरिक राजस्व बाट १४ करोड ४५ लाख २० हजार , नेपाल सरकारको बित्तीय हस्तान्तरण बाट ४४ करोड १९ लाख ८ हजार र संघिय राजस्व बाडफा ड बाट २० करोड ३५ लाख रहेको छ।
त्रियुगाका मेयर बसन्त बस्नेतले चालु आर्थिक बर्ष २०८०/०८१ को निती तथा कार्यक्रमको प्रगतिको बारे जानकारी गराएका थिए ।