०८ पुष २०८१, सोमबार

कोरोना फैलदै गएपछि धनकुटा कांग्रेस बैठक स्थगित कोरोना विरुद्ध जुट्न आव्हन

कान्छो खवर । मंगलबार, माघ ०४, २०७८

गाईघाट ४ माघ ।

धनकुटा जिल्ला सहित मुलुकभर कोरोना भाईरसको तेस्रो लहर अहिले तिव्र गतिमा फैलदै गएकाले नेपाली कांग्रेस धनकुटाले बैठक स्थगीत गरी कोरोना विरुद्ध जुट्न सवैमा आव्हन गरेको छ ।

तेस्रो लहरको कोरोना भाईरस व्यापक रुपमा फैलदै गएकाले यसको रोकथाम र नियन्त्रणका लागी सरकारले भ्याकसिन लगाउने कार्यलाई अभियानको रुपमा संचालन गर्दै कोरोना भाईरसलाई थप फैलन नदिन २५ जना भन्दा बढी जम्मा भएर सभा सम्मेलन,कार्यक्रम,बैठक भेला लगायतका गतिविधिहरु गर्न रोक लगाएकोले नेपाली कांग्रेस जिल्ला कार्य समितिको माघ ५ गतेको नियमित मासिक बैठक स्थिगित गरी कोरोना भाईरस विरुद्ध जुट्न धनकुटा कांग्रेसले आव्हन गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले आज विज्ञप्ती प्रकाशि गरी कोरोना भाईरस आक्रमण ढंगबाट व्यापक रुपमा फैलदै गएकाले कोरोनालाई थप फैलन नदिई नियन्त्रण गर्न अझ प्रभावकारी रुपमा खोप लगाउने अभियान संचालन गर्दै थप विभिन्न किसिमका जनचेतन मुलुक स्वास्थ्य कार्यक्रमहरु जनस्तर सम्म संचालन गर्न सरकारसंग माग गरेको छ ।

कोरोनालाई नियन्त्रण गर्न कसैको एक्लो प्रयासबाट मात्र संभव नहुने भन्दै नेपाली कांग्रेस धनकुटाका मातहतका सवै समितिहरु र भात्तृ तथा सभेच्छुक संस्थाहरु र सवै कांग्रेसजनहरुमा कोरोना भाईरसलाई फैलन निदई नियन्त्रण गर्न थप सक्रिय भई महत्वपूर्ण सहयोग गर्न समेत नेपाली कांग्रेस धनकुटाले उक्त विज्ञप्ती मार्फत सवैमा अपिल समेत गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्