कान्छो खवर । सोमबार, जेठ १४, २०८१
गाईघाट १४ जेष्ठ ।
सदस्यता बिबादलाई लिएर नेपाल पत्रकार महासंघ उदयपुर शाखामा सोमबार बिहान तालाबन्दी गरीएको छ।जिल्ला शाखाले सर्बसम्बत निर्णय गरि पठाएको सिफारिश बिपरित केन्द्रले फरक ढंगले सदस्यता नवीकरण र आफु खुशी नयाँ सदस्यता थप गरेर पठाएको भन्दै पत्रकार सङ आवद्ध विभिन्न संघसंगठनहरुले महासघको मुलगेटमा तालाबन्दी गरेका हुन ।
महासंघले सबै पिलर संघसंगठनको सहमतिमा सर्बसम्बत रूपमा जिल्लामा आवद्ध पत्रकारको सदस्यता नवीकरण र नयाँ सदस्यता थप गर्ने सहमति गरेर केन्द्रमा सिफारिस गरेको थियोे , तर उक्त सिफारिस बिपरित केन्द्रले फरक ढंगले सदस्यता सिफारिस र नयाँ सदस्यता वितरण गरे पछि पत्रकारहरु आन्दोलित भएका छ्न ।
जिल्लाले गरेको सदस्यता नवीकरण तथा नयाँ सदस्यता कायम सम्बन्धि निर्णय तथा सिफारिस तत्काल लागू गर्नु पर्ने भन्दै पत्रकारहरुले बिरोध जनाएका छ्न ।केन्द्रले उक्त निर्णय नसच्चाए नेपाल पत्रकार महासघको कुनै पनि घोषित कार्यक्रम हुन नदिने पत्रकारहरुले जनाएका छ्न ।
उदयपुर शाखाको निर्वाचन जेष्ठ २६ गते तोकिएको छ। तालाबन्दी गर्ने संघसंगठनहरुमा प्रेस युनियन उदयपुर , प्रेस चौतारी नेपाल , प्रेस सेन्टर उदयपुर , समाजबादि प्रेस संगठन उदयपुर , नेपाल आदिवासी जनजाति पत्रकार महासघ , तामाङ पत्रकार संघ र किरात पत्रकार संघ रहेको प्रेस युनियन उदयपुरका उपाध्यक्ष बिश्वराज तामाङले बताए ।