कान्छो खवर । आइतबार, बैशाख १६, २०८१
गाईघाट १६ बैशाख ।
कटारी नगरपालिकाको बजार क्षेत्रमा संचालित दुधडेरी ब्यबसायिले आगामी जेष्ठ १ गते बाट प्लास्टिक झोला प्रयोग गर्न नपाउने भएका छ्न। ३ नम्बर वडा कार्यालयले प्लास्टिक झोला न्यूनीकरण अभियान सुरु गरे पछी पहिलो चरणमा दुग्ध डेरी उद्योग बाट प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको हो ।कटारी बजार क्षेत्रमा अहिले ५ वटा दुध डेरी उद्योग संचालनमा रहेका छ्न ।
उक्त वडाका अध्यक्ष पुस्कर खडकाले प्लास्टिक झोलाको प्रयोग सबै भन्दा बढी डेरी व्यावसायि बाट भैरहेकोले पहिलो चरण ऊनीहरु बाट सुरु गरिएको बताए ।अब जेष्ठ १ बाट पुर्ण रूपमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको उनले बताए ।
उनले उपोभोक्ताहरुलाई समेत प्लास्टिक झोला प्रयोग नगर्न आग्रह गरिएको बताए ।घर बाटै प्लास्टिक झोलाको साटो बैकल्पिक झोला लिएर डेरी आउन उनले उपोभोक्ताहरुलाई अनुरोध गरेका छ्न । अभियानको प्रचार प्रसारको लागि वडाले सनिवार ५ वटा दुध डेरीलाई ५ सय थान बैकल्पिक झोला वितरण गरेको उनले बताए ।
उनले यो बर्ष भित्र बजार क्षेत्र बाट प्लास्टिक झोला पुर्ण रूपमा बिस्तापित गरिने बताए ।प्लास्टिक झोलाको प्रयोगले मानव स्वास्थमा समेत असर पर्ने भएको साथै बजारमा यत्रतत्र प्लास्टिक झोला छरिएका कारण बजारमा फोहोर बढेको कारण आफुले प्लास्टिक झोला हटाउने अभियान सुरु गरेको खड्काले बताए ।