कान्छो खवर । बुधबार, बैशाख ०५, २०८१
गाईघाट ५ बैशाख ।
यो बर्षको श्री प्रसाद ओली स्मृति रास्ट्रिय – अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार डा.सन्दुक रुईतलाई प्रदान गरिएको छ।रुद्र – गौरी , अम्बिका ओली प्रतिस्ठान झापा द्वारा स्थापित ५ लाख राशिको उक्त पुरस्कार मंगलबार एक कार्यक्रममा रुईतलाई प्रदान गरियो ।
कोशी प्रदेशका प्रमुख परसुराम खापुङले नगद सम्मान- पत्र सहित रुईतलाई पुरस्कार बाट सम्मानित गरेका थिए ।बिक्रम सम्बत २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका रुईतलाई आखा उपचारमा बिशेष योगदान पुर्याएकोले पुरस्कृत गरिएको प्रतिस्ठानले जनाएको छ ।
डा. रुईत सरल र कम लागतमा आखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ” रुईतेक्टोमी ” को सुरुवात गरेर बिश्वभर चर्चित छ्न । उनले निर्माण गरेको आखाको लेन्स सबै भन्दा सस्तोमा बिक्री हुदै आएको छ ।
त्यसै गरि १७ बर्षिय सबिन बास्कोटा १ लाख राशिको बाल पुरस्कार बाट सम्मानित भएकाछ्न । उनले हवाइजहाज , रोबर्ट , ड्रोन, मोटरसाइकल लगाएतका सामाग्री निमार्ण गरेर सानै उमेरमा आफ्नो प्रतिभा देखाएर चर्चा बटुलेका छ्न ।
प्रतिस्ठानका अध्यक्ष गङ्गा प्रसाद ओलीले मानव हित, सामाजिक बिकासको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति तथा सस्थाहरुलाई सम्मान गर्ने उदेश्य अनुरुप पुरस्कार स्थापना गरीएको बताए ।