कान्छो खवर । आइतबार, चैत्र १८, २०८०
साङ्केतिक फोटो
गाईघाट १८ चैत ।
खोटाङमा सनिवार साझ ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। ट्याक्टरमा सवार अन्य एक जना घाइते भएका छ्न ।
बराहपोखरी देखि भिरगाउस्थित रुम्दुबाट रसुवाघाट तर्फ खयर बोकेर आउदै गरेको मे १ त ८५९७ नम्बरको ट्याक्टर साझ ६ बजे बराहपोखरी १ स्थित भिर देखि झन्डै ७ सय मिटर तल खस्दा गाडीका चालक झापा बुद्धशान्ति नगरपालिका ४ का बर्ष २८ का अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टरमा रहेका अर्का २४ बर्षिय मुकेश मगर घाइते भएका छ्न ।टाउको र शरीरको विभिन्न ठाउँमा चोटपटक लागेका उनको खोटाङ अस्पतालमा उपचार भैरहेको छ ।
मृतक लिम्बुको शब झन्डै ५ सय मिटर तल खोचमा अड्किएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण क्षमता भन्दा बढी काठ बोकेको कारण अनियंत्रित भै सडक देखि तल खसेको प्रहरीले अनुमान गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्