१९ पुष २०८१, शुक्रबार

उदयपुरमा १ सय ४५ जना क्षयरोगी

कान्छो खवर । शुक्रबार, चैत्र ०९, २०८०

गाईघाट  ९ चैत  ।

उदयपुरमा चालु आर्थिक बर्षको ६ महिनाको अबधिमा १ सय ४५ जनामा क्षयरोग देखिएको छ ।साउन देखि पौष मसान्तसम्ममा  कोसी प्रदेशको १४ जिल्लामा २ हजार २३ जनामा क्षयरोग देखिएकोमा सबै भन्दा बढी रोगी झापा , मोरङ र सुनसरीमा रहेकोे स्वास्थ निर्देशनालय धनकुटा कार्यालयका फोकल पर्सन तुलसीप्रसाद गुरागाईले बताए ।

उनले सबै भन्दा कम सोलुखुम्बु र खोटाङमा क्षयरोगीको बिरामी रहेको बताए ।ति दुई जिल्लामा १६, १६ जनामा मात्र क्षयरोग देखा परेको गुरागाईले बताए । क्षयरोगको कारण कोसीमा उक्त अबधिमा  ७९ को मृत्यु भएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

सरकारले क्षयरोगका बिरामीलाई स्वास्थ केन्द्र मार्फत निसुल्क औसधि उपलब्ध गराउदै आएको छ ।सन २०३५ सम्ममा क्षयरोगबाट मुक्त गर्ने सरकारले लक्ष्य लिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्