कान्छो खवर । आइतबार, चैत्र ०४, २०८०
उपाध्यक्ष रायमाझी पीडित परिवारलाई राहत वितरण गर्दै
गाईघाट ४ चैत ।भोर्लेनीको आगलागी पीडित परिवारलाई रौतामाई गाउपालिकाले राहत उपलब्ध गराएको छ ।गाउपालिकाका उपाध्यक्ष भुपेन्द्र रायमाझीले सनिवार पीडित परिवारलाई २ लाख बराबरको लत्ताकपडा , खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरेका थिए ।
रौतामाईको वडा नम्बर ३ भोर्लेनिमा शुक्रबार डढेलोको कारण आगलागी हुदा झन्डै ४५ लाख ७० हजार रुपैया बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।बस्ती नजिकैको नबउदय सामुदायिक बनमा लागेको डढेलोको कारण आगो बस्तीमा फैलिदा ३ वटा घर र ६ वटा गोठ जलेर नस्ट भएको थियोे । जङ्गल लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणको प्रयासमा प्रहरी र स्थानिय बासिन्दाहरु जुटिरहेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्