१२ पुष २०८१, शुक्रबार

उदयपुरको मैनामैनीमा जीप दुर्घटना हुदा ८ जनाको मृत्यु , ९ घाइते

क्षमता भन्दा बढी यात्री बोकेकोले दुर्घटना भएको अनुमान

कान्छो खवर । बिहिबार, चैत्र ०१, २०८०

गाईघाट  १ चैत  ।

उदयपुरको  मैनामैनिमा बिहिवार बिहान भएको जीप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको  छ ।अन्य ९ जना घाइते भएका छ्न ।

सुनसरीको इटहरी देखि भोजपुरको  घोडेटार तर्फ जादै गरेको को.१ ज २५९३ नम्बरको बोलेरो गाडी उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी चुहार स्थित कच्ची सडक देखि झन्डै  ४ सय मिटर तल खस्दा चालक सहित ७ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा मृत्यु  भएको  प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा इटहरी उपमहानगरपालिका १६ का ४२ बर्षिय गाडीका चालक मान बहादुर बस्नेत , भोजपुर हतुवागढि गाउपालिका २ की  बर्ष ७० की पर्बतमाया राई, सोहि  वडाका बर्ष  २३ का चन्द्र प्रकाश राई , उनका ६ महिने शिशु डिसाङ , हतुवागढि ९ का पदम बहादुर थापा , वडा न ५ कि ३० बर्षिया रामकुमारी  राई , इटहरीका  बर्ष ४० का कमल अधिकारी र हतुवा ५ का किसान राई रहेका छ्न ।किसानको उपचारको क्रममा बिपिमा र अरु सबैको घटनास्थलमा मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।दुर्घटना  घाइते हुने बर्ष ३७ का विशेष पराजुली , बर्ष  २० कि मितु राई ,बर्ष  ३६ कि साबित्रा राई ,बर्ष ३४ कि गायत्री कटुवाल , बर्ष ३२ कि शान्ति राई , बर्ष २५ कि रमा थापा ,बर्ष १७ का सुनिल परियार र  बर्ष ३५ कि सबिना परियारको बिपिमा उपचार भैरहेको छ ।

दुर्घटनामा मृत्यु हुने सबैको शब गाडीमा च्यापिएको अबस्थामा फेला परेको थियो । दुर्घटना भए लगत्तै स्थानिय बासिन्दा उद्धारमा जुटेका थिए  । गाउलेहरुले तत्काल घाइतेलाइ तल खोझ बाट माथी  ल्याएर उपचारको लागि अस्पताल लगेका थिए  ।गाडीमा च्यापिएका शब प्रहरी घटनास्थल पुगेर  अबेर सम्ममा निकालेका थिए ।

क्षमता भन्दा बढी यात्रु बोकेकोले गाडी ओरालोमा ब्रेक फेल भै  माथि देखि भिरमा झरेको अनुमान गरिएको छ ।प्रहरीले दुर्घटनाको अनुसन्धान  सुरु गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्