सृजन राई बुधबार, फाल्गुण २३, २०८०
गाईघाट २३ फागुन ।
रुसी सेनामा कार्यरत उदयपुरका एक युवा पाचौं पटकको प्रयास पछी भागेर घर आउन सफल भएका छ्न । गत कार्तिक १ गते दलाल मार्फत रूस पुगेका त्रियुगा नगरपालिका ११ का ४२ बर्षिय राजेन्द्र दाहाल केहि दिन अघि मात्र घर आइपुगेका हुन ।
ऊनी घर फर्कन पटकपटक भाग्ने प्रयास गरेको भए पनि पाँचौ पटकमा सफल भएका थिए ।ऊनी त्याहा पुगेर केहि दिन सैनिक तालिम लिएर युक्रेन युद्धमा होमिएका थिए ।उनि संगै रुस पुगेका पाच जना मघ्ये अन्य तीन जनाको युक्रेन लडाइँमा मृत्यु भएको दाहालले बताए ।
युक्रेन सङको लडाइँमा रसियन सेनाको ठुलो क्षेति भएको उनले बताए ।लडाइँमा आफु तर्फ धेरै सैनिक मारिने क्रम बढे पछि डरको कारण आफु लडाइँ बाट भाग्न चाहेको उनले बताए ।भाग्न त्यति सजिलो थिएन , निकै कोसिस गरे बल्ल पाँच पटकको प्रयास पछी भाग्न सफल भएको उनले बताए ।
भाग्न् खोज्नेलाई रुसी सैनिक अधिकारीले पक्राउ गरेर ऊनीहरुको पासपोर्ट , मोबाइल फोन र पैसा जफत गरेर राख्ने अनि जेल हालेर केहि दिन पछी पुन लडाइँमा पठाउने गरेको उनले बताए ।
उनले लडाइँमा सेनामा भर्ती भएका धेरै नेपालीको ज्यान गएको उनले बताए ।धेरै नेपाली साथीहरु मरेको देखे पछि डरले आफु भागेर ज्यान बचाउनकै लागि नेपाल फर्किएको उनले बताए ।जेहोस आफु बचेर आउन सफल भैयो , अब येतै दुख गरेर बस्ने उनले बताए ।
उनले अझै धेरै नेपाली रुसी सेनामा रहेकोेले सरकारले पहल गरेर नेपाल फिर्ता ल्याउनु पर्ने उनको भनाइ छ ।त्याहा रहेका उनिहरु सबै नेपाल आउन चाहेका छ्न , उनिहरुको तत्काल उद्घार गरेर नेपाल ल्याउन सके धेरैको ज्यान बचाउन सकिने उनले बताए ।