१२ पुष २०८१, शुक्रबार

सुनकोसीमा जलबिहार सुरु : आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बिश्वास

कान्छो खवर । सोमबार, फाल्गुण ०७, २०८०

गाईघाट  ७ फागुन  ।

होटेल ब्याबसायिहरुले आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सुनकोसीमा ब्याबसायिक रुपमा  रयाफ्टिङ  सुरु गरेकाछ्न । उदयपुरको रौतामाई गाउपालिका ८ फोक्सिन्टार स्थित सुनकोसी देखि  त्रियुगा नगरपालिका १४ धाप्लाङ सम्म झन्डै २ घन्टा लामो जलयात्रा सुरु गरेको  ब्याबसायि  डेबिट बस्नेतले बताए ।

उनले सनिवार देखि ब्याबसायिक रुपमा जलयात्रा सुरु गरिएको बताए  ।पहिलो दिन २० जना पर्यटकले जलबिहार गरेका थिए । उनिहरुले सेवा शुल्क बापत ३ हजार तिरेर जलयात्रा  गरेका थिए  । ऊनीहरुलाई सोही शुल्कमा लानल्याउन गाडीको ब्यबस्था र स्थानिय रैथाने परिकारको खाना खुवाइएको बस्नेतले बताए ।

५ बर्षअघि गरिएको परिक्षण सफल भए पनि संचालनको तयारी गर्ने बेलामा कोरोना माहामारिको कारण सन्चालन गर्न नसकिएको उनले बताए । जलबिहार होटेल तथा पर्यटन ब्याबसायि संघ उदयपुरले सन्चालनमा ल्याएको  हो ।

बिस्व रयाप्टिङ पर्यटन केन्द्रले सुनकोसी नदि लाई सन्सारभरका महत्त्वपुर्ण १० वटा सेतो पानीयुक्त नदिमा सुचिकृत गरि ह्वाइट रिभर रयाप्टिटिङमा समेटेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्