कान्छो खवर । शुक्रबार, माघ २६, २०८०
गाईघाट २६ माघ ।
रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्रको सङलग्नता भएको प्रमाण पुर्याएर उनि माथी कार्बाहि गर्न दलहरु लाई चुनौती दिएकाछ्न ।
उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजा लाई उक्त हत्या काण्डमा बदनाम गराउने उदेश्यले दलहरुले मुछ्ने प्रयास गरेको बताए ।
दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शिहरु अहिले पनि जीवितै छ्न उनिहरु सङ प्रमाण जुटाएर कार्बाहि गरे भै गयो नि ” उनले भने बिना प्रमाण कसैलाई बदनाम गराउने उदेश्यले मनपनि बोल्न नहुने उनले बताए ।
उनले दरबार हत्या काण्ड पछि काङ्ग्रेस , एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर नया राजा बनाएको बताए । आफै राजा बनाउने अनि आफै राजालाई हत्यारा भन्ने ? उनले भने ।
उनले २०४६ सालको परिवर्तन पछि एउटै पात्र , र एउटै प्रवृत्तिबाट देश संचालन हुँदा देशमा बिकास हुन नसकेको बताए । ” प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र जे भने पनि त्यहि पार्टी र त्यहि नेता बाट शासन चलेकोले मुलुकले प्रगति गर्न नसकेको उनले बताए ।
उनले नेतृत्व इमानदार र देशभक्त हुन नसक्दा तिन दशकमा मुलुक बन्न नसकेको , भ्रष्टाचार र लूटत्रन्त्र हाबि भएको बताए ।पहिले काहाकाहा भ्रष्टाचार हुन्छ भनेर खोज्नु पर्थ्यो तर अहिले भ्रष्टाचार कहाकहा छैन भनेर खोज्नु परेको उनले बताए ।
बिगतको चुनावमा गरेको गल्तीको कारण अहिले जनताले दुख पाएको उनले बताए ।जहिले पनि काग्रेस एमाले र माओबादिलाइ सत्तामा पुर्याएको कारण अहिले मुलुकको अबस्था नाजुक बन्दै गएको उनले बताए ।
अब बिगतको गल्तीलाइ सच्याउदै ठिक पार्टी र नेतालाई नेतृत्वमा ल्याएर मुलुकलाई समृद्धि तर्फ अघि बढाउने बेला आएको उनले बताए ।अब राप्रपा बाहेक अरुलाइ नेतृत्व दिन नहुने उनले बताए ।