कान्छो खवर । शुक्रबार, माघ २६, २०८०
गाईघाट २६ माघ ।
सस्कृति, पर्यटन , तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्माणधिन सगरमाथा बिमान स्थलको शुक्रबार स्थलगत निरीक्षण गरेकाछ्न ।
उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण भैरहेको उक्त बिमान स्थलको निर्माण कार्य निकै सुस्त गतिमा भैरहेको अबस्थामा मन्त्री किरातीले अचानक बिमान स्थलको निरीक्षण गरेर काम बारेमा जानकारी लिएकाहुन ।
मन्त्री किरातीलाई बिमान स्थल निमार्ण समितिका अध्यक्ष बीरेन्द्र बस्नेतले बजेट अभावमा निर्माणको काम सुस्त गतिले भैरहेको बताउदै निर्माण सुरु हुनु अघि देखिको गतिविधि बारे जानकारी गराएका थिए । बस्नेतले मन्त्री किरातीलाइ पर्याप्त बजेटको व्यबस्था गरिदिन समेत अनुरोध गरेकाछ्न ।
मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि बिमान स्थलको काम द्रुत गति बाट अघि बढाउन निर्देशन गरेका थिए ।उनले सो अबसरमा दक्षिण तर्फ भारतका पर्यटक भित्र्याउन र माउन्टेन फ्याइटको लागि निर्माणधिन बिमान स्थल कोसेढुंगा साबित हुने बताए ।
बिमान स्थल निर्माण गर्नु भन्दा सन्चालन गर्न कठिन हुने भएको उल्लेख गर्दै बिमानको अभावमा अहिले मुलुक भरि २२ वटा बिमान स्थल जहाजको अभावमा बन्द भएको उनले बताए ।