श्याम राई मंगलबार, पुष ०६, २०७८
गाईघाट, ६ पौष । उदयपुरको चौढण्डीगढी नगरपालिका–७ बुधबारेमा साकेला पर्वको अवसरमा आईतबार प्रथम किरात राजा यलम्बर हाङको ढुंगे शालीक अनावरण गरिएको छ ।
करिब ५ फिटको सो ढुंगे शालीकको चौढण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले एक कार्यक्रमकोबीचमा अनावरण गरेका थिए । उनले आदिवासी जनजातिहरुले राष्ट्रिय एकता जोगाउनको लागि विशेष ध्यान दिनु पर्ने बताए ।
स्वर्गिय समाजसेवी कृष्ण वहादुर राईको स्मृतीमा उनकी श्रीमती त्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राई लगायतका परिवारले ४ लाख २५ हजार रुपैयाको लगानीमा उक्त शालीक निर्माण गरेका हुन् । एउटै ढुंगालाई कोपेर मुर्तिकार धिराज राईले शालीक बनाएका हुन् ।
यहाँ कमेन्ट गर्नुहोस्