कान्छो खवर । मंगलबार, माघ २३, २०८०
गाईघाट २३ माघ ।
त्रियुगा नमुना माध्यमिक बिधालय गाईघाटको मङगलबार आयोजित ५७ औ वार्षिक उत्सब तथा अभिभावक भेलाको अबसरमा जापान बस्ने रमेश कुमार र निजकी पत्नी मन्जु भण्डारीले ५ लाख रुपैयाको अक्षय कोषको स्थापना गरेकाछ्न ।
त्रियुगा माद्यामिक बिधालयमा प्राथमिक देखि माध्यमिक तह सम्म पठेका रमेश हाल जापानमा इन्जिनियर पेशामा आबद्ध छ्न । उनि त्रियुगा नगरपालिका १० बोक्से राटमाटेका स्थायि बासिन्दा हुन ।
उनले र श्रीमती मन्जुले पिता ससुरा स्व. पन्डित कृष्ण प्रसाद , सासु आमा पदम कुमारी र ठुली माता सासु स्व पदम कुमारी भण्डारीको नाममा कृष्ण पदम गोमा भण्डारी पुरस्कारको लागी अक्षय कोष स्था पना गरेका हुन । कोष बाट प्राप्त हुने ब्याज रकम बाट कक्षा ८, ९ ,१० र ११ र १२ का जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराइने भेलामा उपस्थित मन्जुले घोषणा गरिन ।
५७ वार्षिक अबसरमा शिक्षक शिक्षिका र छात्र छात्राहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । बिधालयका प्रअ सुभाष बिष्टले बिद्यालयको गतिविधिको बारे जानकारी गराएका थिए । कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले गरेका थिए ।