कान्छो खवर । शुक्रबार, माघ ०५, २०८०
गाईघाट ५ माघ ।
जिल्ला अस्पताल उदयपुरमा आज शुक्रबार मिर्गौला रोगीहरुको लागि हेमोडाईलासिस सेवा सुरु भएको छ।पौष ३ गते विशेष कार्यक्रमको आयोजना गरि सेवाको औपचारिक उद्घाटन गरिएको भए पनि डाईलासिस सेवा सुरु हुन सकेको थिएन ।
केन्द्रले संचालन अनुमति नदिदा ढिलाइ भएकोमा आज बाट भने डाईलासिस सेवा नियमित रूपमा हुने अस्पताल प्रशासनले जनाएको छ।
सेवा सुरु भएको पहिलो दिन उदयपुरको उदयपुरगढि गाउपालिका ४ डुम्रेका २९ बर्षिय दिल बहादुर मगरले सेवा लिएका थिए ।३ महिना अघि दुबै मिर्गौला खराब भएका उनको ४ घन्टा लगाएर डाईलासिस गरिएको अस्पतालका मेसु डाक्टर ज्ञानेन्द्र झाले बताए । राजधानी , लगाएत विभिन्न सहर गएर उनले झन्डै १२ लाख रुपैया डाईलासिस गर्दैमा खर्च गरेका थिए ।अस्पतालमा डाईलासिस सेवा सुरु भएको थाहा पाएर आएका उनले अब भने राहत पाएको बताए । मैले धेरै रकम खर्च गरे ,पैसाको अभावमा भएभरको जग्गा जमीन समेत बिक्रि गरेर उपचारमा खर्च गरे ।” उनले भने ।आज सेवा लिन पाएकोमा निकै खुसी भएको छु ।
जिल्ला अस्पतालमा एक पटकमा ४ जना मिर्गौला रोगीको लागि डाईलासिस गर्न मिल्ने गरि उपकरण जडान गरिएको मेसु झाले बताए । अहिले अस्पतालले सबै रोगीहरुको निसुल्क डाईलासिस गर्ने निर्णय गरिएको उनले बताए ।
संघीय सरकार स्वास्थ मन्त्रालयको ८५ लाख र स्थानिय तहको २१ लाख गरि १ करोड ६ लाख रुपैया बाट उपकरण खरिद र भौतिक पुर्बधार निर्माण गरिएको मेसु डाक्टर झाले बताए ।