कान्छो खवर । सोमबार, मंसिर १८, २०८०
गाईघाट १८ मंसिर ।
लामो समय पुल नबनेको आक्रोशमा उदयपुरको चौदणडिगढि नगरपालिका ५ सिबाईका बासिन्दाले राजनैतिक दलका केन्द्रिय नेता , संघ , प्रदेश सासद लगायतका नेताहरु लाई वडा प्रबेशमा रोक लगाएका छ्न ।
१४ बर्ष अघि निर्माण सुरु गरिएको सिबाई स्थित त्रियुगा नदिको पुल अझैसम्म बन्न नसकेको र त्यसको लागि दलका नेताहरु जिम्मेवारी रहेको भन्दै ऊनीहरुले गाउमै निर्णय गरेका हुन ।
बेल्हि देखि सिबाइ जोड्ने उक्त पुल लामो समय सम्म बन्न सकेको छैन। पुल नबन्दा स्थानियहरुलाइ आबत जाबतमा समस्या हुने गरेको छ। वडा अध्यक्ष तुलसी ढकालले पुल बनाउने काममा दलका नेताहरुले उदासीनता देखाएको कारन यस्तो निर्णय गरिएको बताए ।
मन्त्रालयको मन्त्री , सडक बिभागका कर्मचारी उच्च अधिकारिलाई समेत गाउ प्रवेशमा रोक लगाइएको उनलेे बताए ।
हामिले जिल्ला स्थित सबै राजनैतिक दल नेताहरु सबैलाई पुलको काम चाडो गरिदिन माथिल्लो निकायमा दबाब दिन आग्रह गरेकोमा उनिहरुले उदासीनता देखाएको कारण उनिहरुलाइ गाउँमा आउन रोक लगाएको उनले बताए ।