अरुण चौधरी शुक्रबार, आश्विन २२, २०७८
उदयपुरको पहाडी भेगको लिम्चुङ्गबुङ गाउँपालिकाले जनतालाई सेवा दिने उदेश्यले र्सार्वजनिक यातायात सेवा संचालन गर्न लागेको छ । तिन वर्षअघि बस खरिद गर्ने निर्ण्र्ाागरेसँगै पाँच महिना अघि ३२ लाख रुपैयामा किनेको बसले अबको एकसाता देखि सेवा सुचारु गर्ने गाउँपालिकाका लेखा अधिकृत तारा किरण र्राईले बताए ।
‘ कोरोना संक्रमणको कारण संचालनमा ढिलाई भयो । रुट परमिट लिने प्रकृया शुरु गरेका छौ । अब सोमबारदेखि लिम्चुङ्गबुङ्गदेखि गाईघाटसम्म नियमित बस सेवा संचालन हुन्छ ।’ उनले भने ।’ जनताको यातायात नाम दिएको बस सेवा संचालनमा आएपछि जेष्ठ नागरीक र पर्ूण्ा अपाङ्गता भएका गाउँपालिकाका नागरीकलाई निशुल्क सेवा उपलब्ध गर्राईने गाउँपालिकाका अध्यक्ष मेजर र्राईले बताए । जनतालाई यातायात सेवाको पर्ूण्ा लाभ पुग्ने उदेश्यले तिन वर्षअधिनै गाउँपालिका आफैले बस सेवा संचालन गर्ने निर्ण्र्ाागरिएको उनले भने । विभिन्न कारणले समयमा नै यातायात सेवा संचालन गर्न नसकिए पनि अब भने संचालनमा आउने उनले बताए । उनले विद्यार्थीहरु र सामान्य अपाङ्गता भएकाहरुलाई पनि यात्रा गर्दा बस भाडामा सहुलियत दिने बताए ।
अन्य यातायात सेवाले लिदै आएको भाडादर भन्दा जनताको यातायात सेवाले सस्तो भाडामा आफनो पलिकाको बासिन्दालाई सेवा सुविधा दिने तयारी भैरहेको कर्मचारी ज्ञानेन्द्र र्राईले बताए ।
जन प्रतिनिधिहरुलाई सवारी साधन खरिद गर्नु गाउँ सभालेले छुट्टाएको ५७ लाख ७१ हजार रकमबाट बस किनिएको हो । बस संचालनको लागि चालक र सह-चालक नियुक्ती गरिएको छ । भने सोमबार गाईघाटस्थीत प्रसिद्ध चुरे मंदिरमा सवारी साधनको पूजा गरिएको छ ।
गाउँपालिकाले आफनो क्षेत्र भित्र बाटो घाटो निर्माणको लागि भन्दै पहिलो वर्षै १ करोड १२ लाखमा स्काभेटर खरिद गरेको थियो ।