१० पुष २०८१, बुधबार

आज छठ पुजा

कान्छो खवर । आइतबार, मंसिर ०३, २०८०

घरको छ्त बाट सुर्यलाई अर्घ्य दिदै ब्रतालु महिला

गाईघाट ३ मंसिर । त्रियुगा नदि लगायत विभिन्न जलाशय पोखरी किनारमा आज छठ पुजा धुमधाम साथ गरिएको छ।अस्ताउदो सुर्यलाई अर्घ्य दिएर ब्रतालुहरुले छठ पुजा गरेकाछ्न ।परिबार एबम सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्रापुर्बक आइतबार छठ पुजा भब्यताको साथमा गरिएकोछ ।त्रियुगा नदिमा ब्रतालुहरुको साथै ठुलो मात्रामा भक्तजनको घुइँचो लागेको छ ।बिगत बर्ष झै यो बर्ष पनि छठ पुजामा पहाडी समुदायको सहभागिता निकै बढेको छठ पुजा समितिले जनाएको छ। खोला किनारमा घाट नपाए पछि केहि ब्रतालुहरुले घरको छतमा पोखरी बनाएर छठ पुजा गरेकाछ्न ।

यहाँ कमेन्ट गर्नुहोस्