०७ पुष २०८१, आइतबार

टिकटक बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो : सुनिल शर्मा

स्वपनिल राई मंगलबार, कार्तिक २८, २०८०

गाईघाट २८ कार्तिक । नेपाली काङ्ग्रेसका सान्सद सुनिल शर्माले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर नागरिकको वाक स्वतन्त्रता माथि अन्कुश लगाउने काम गरेको बताएकाछ्न ।मन्त्रीपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरे लगतै शर्माले सामाजिक संजाल मार्फत सरकारको उक्त निर्णयको बिरोध गरेका हुन।सामाजिक संजालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर सरकारले तानाशाही र अधिनायकवादि शैली प्रदर्शन गरेको उनको ठहर छ।उनले प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादी शैली हो र नेपाललाई उतर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति भएको उल्लेख गरेकाछ्न ।उनले यो निर्णयले प्रजातन्त्र र लोकतन्त्र कम्जोर बनाउने बाटोमा सरकार हिंड्न् खोजेको प्रष्ट भएको र तत्काल यो निर्णय फिर्ता लिन समेत सरकारलाइ आग्रह गरेको उनले सामाजिक संजालमा उल्लेख गरेकाछ्न ।

यहाँ कमेन्ट गर्नुहोस्