कान्छो खवर । सोमबार, कार्तिक २०, २०८०
गाईघाट २० कार्तिक
प्रहरीले उदयपुरमा सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ ।
सोमबार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालयले सार्वजनिक स्थानमा चुरोट, गुटखा, विडी, सिगार, तमाखु, सुर्ती सेवनमा निषेध गरेको जनाएको छ । धुम्रपान तथा सुर्ती सेवनले मानव स्वास्थ्यको लागि अत्यन्त्रै हानी पु¥याउने भएकोले सार्वजनिक ठाउँलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थान बनाउनको लागि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ तथा २०८०÷७÷१८ गते त्रियुगा नगरपालिकामा बसेको सर्वदलिय बैठकले गरेको निर्णय अनुसार जिल्ला भरि सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गर्ने प्रहरीले जनाएको छ । त्येसैगरि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन बमोजिम कसैले शिक्षण तथा स्वास्थ्य संस्था वरिपरि एक सय मिटर भित्रको घर तथा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने कानूनी व्यबस्था विद्यमान रहेकोले उक्त प्राबधान उलंघन गर्ने र सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कानून बमोजिम कारबाही गरिने सुचनामा उल्लेख गरिएको छ ।