स्वपनिल राई सोमबार, कार्तिक २०, २०८०
गाईघाट २० कार्तिक । जिल्ला अस्पताल उदयपुरले मुलुकमै पहिलो पटक नबजात शिशुलाइ ठुलो अस्पतालमा रेफर गर्दा चिकित्सक सहायता सहित रेफर गर्ने कार्यक्रम सुरु गरेको छ।जन्मे लगतै नबजात शिशुको स्वास्थ अबस्था लाइ मध्ये नजर गर्दै यस्तो कार्यक्रम सुरु गरेको हो । अस्पतालमा जन्मिएको बच्चा लाइ थप उपचारको लागि बाहिर अन्य अस्पतालमा उपचार गराउन लानु परेमा अस्पतालले शिशु संगै चिकित्सक सहित पठाउने ब्यबस्था गरिने कार्यक्रमको सोमबार सुरु गरिएको डाक्टर निर्मला चौधरीले बताइन् ।अस्पतालले नबजात शिशुको एसएनसियुको ब्यबस्था गरि उपचार गराइरहेको भए पनि भेनटिलेटर नहुदा बिरामी शिशु लाई अन्यत्र उपचारको लागि रेफर गर्नु परेमा बिरामी शिशु संगै चिकित्सक पठाउदा बाटोमा हुन सक्ने जोखिम कम गर्न सकिने डा. चौधरीले बताइ ।उनले शिशु जन्मेको २४ घन्टा सम्म बाहिरी बाताबरण सङ्घ घुलमिल हुन समय लाग्ने भएको हुदा उक्त अबधि सम्म नबजात शिशुलाइ बाहिरी सङक्रमणको जोखिम उच्च हुने हुँदा चिकित्सकको निगरानी आबस्यक पर्ने भएकोले यो कार्यक्रम सुरु गरिएको अस्पतालका मेसु डा. ज्ञानेन्द्र झाले बताए । जिल्ला अस्पतालमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले अस्पताल लाई भौतिक पुर्बधार सहित अत्याधुनिक सेवा सुबिधाको लागि तिनै तहको सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रमकि फोकल पर्सन समेत रहेकि डा. चौधरीले सन २०१६ मा नबजात शिशु मृत्यु दर २१ प्रतिशत रहेकोमा सन २०२२ मा पनि मृत्यु दर २१प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइन ।उनले आगामी सन २०३० सम्ममा उक्त मृत दर १२ प्रतिशतमा झार्ने लक्ष्य रहेकोे बताइन् ।