कान्छो खवर । शनिबार, कार्तिक १८, २०८०
गाईघाट १८ कार्तिक । पश्चिम नेपालमा शुक्रबार राति गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या १सय ५७ पुगेको छ। तेसै गरि १सय ९७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। भुकम्प प्रभावित जाजरकोटमा १ सय ५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ। जाजरकोटमा १सय ५,रुकुम पश्चिम् मा ८५ ,दैलेख र बैतडीमा ३,३जना र रोल्पामा १ जना घाइते भएको गृहले जनाएको छ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि १ हजार ५ सय जना सुरक्षाकर्मि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। भुकम्प प्रभावित क्षेत्रमा अहिले उद्घार तथा राहतको लागि ५ वटा हेलिकप्टर र जहाजको प्रयोग गरिएको सेनाले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्