०६ पुष २०८१, शनिबार

केमसि मेडिकल कलेजले भुकम्पका घाइतेको निशुल्क उपचार गर्ने

कान्छो खवर । शनिबार, कार्तिक १८, २०८०

गाईघाट १८ कार्तिक । नेपाली काङ्ग्रेसका सासद डा.सुनिल शर्माले जाजरकोट भुकम्पका घाइतेहरु लाई काठमाणडौ मेडिकल कलेजमा निशुल्क उपचारको व्यबस्था मिलाइदिएकाछ्न । छोरी सोईना शर्मा अध्यक्ष रहेको सो मेडिकल कलेजले आज एक बिज्ञप्ति जारी गर्दै घाइतेको निशुल्क उपचारको ब्यबस्था मिलाइएको जनाएको छ।साथै भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ उपचार सामाग्री सहितको चिकित्सक टोलि समेत पठाउन लागिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ। केमसिका सल्लाहकार समेत रहेका शर्माले आपत बिपत्तिको बेला सबैले सहयोग गर्नुपर्ने भएकोले आफुले सहयोग गर्न लागेको बताए । जाजरकोटको रामेडाडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११.४७ बजे गएको ६.४ म्यागनिचुडको भुकम्प बाट जाजरकोट र रुकुममा १४३ जनाको मृत्यु हुनुको साथै १४३ जना घाइते भएको गृह मन्त्रालयले जनएको छ।

यहाँ कमेन्ट गर्नुहोस्