अरुण चौधरी शुक्रबार, आश्विन २२, २०७८
चौढण्डीगढी नगरपालिका-६ सातघारेस्थीत कोभिड अस्पतालमा रहेका ४ महिला र २ पुरुषगरि ६ जनाले सोमबार कोरोना जितेसँगै अस्पताल खाली भएको हो ।
एक सातादेखि संक्रमित दर दैनिक ५ भन्दा मुनी रहेको र उनीहरु घरमै आईसोलेशनमा बस्दै आएकोले अस्पताल खाली भएको नगर स्वास्थ्य शाखाका प्रमुख तेज वहादुर पोखरेल बताए । कोभिड अस्पताल गत बैशाख ९ गतेदेखि कोभिड-१९ को दोश्रो लहर शुरु भएपछि संचालनमा आएको हो । अस्पतालमा उपचाररत सबै संक्रमीत निको भएर घर फर्किएपछि ५ महिनापछि अस्पताल खाली भएको पोखरेलले बताए । सो अवधिमा २ सय ८२ महिला र २ सय ४७ पुरुषगरि कुल ५ सय २९ जना कोभिड अस्पताल भर्ना भएकोमा २ सय ६६ महिला र २ सय १९ पुरुषगरि ४ सय ८५ जना निको भएर घर फर्किएको पोखरेलले बताए ।
१५ महिला र २७ पुरुषगरि ४२ जनालाई अन्य अस्पताल रेफर गरिएको थियो भने कोभिड अस्पतालमा १ पुरुष र १ महिलाको मृत्यु भएको थियो ।
जिल्लामा संक्रमितको संख्या ३ हजार ५१० रहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी उमेश लर्ुइटेलले बताए ।
कोभिडको कारण उदयपुरमा अहिले सम्म ५२ जनाको मृत्यु भएको छ ।