०७ पुष २०८१, आइतबार

दह – पोखरीमा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ

अरुण चौधरी शुक्रबार, आश्विन २२, २०७८

मोरङ्गंको सुन्दरहरैचा नगरपालिका-४ बलियाका २२ वषिर्य शिखर सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन अघि मृतक उदयपुरको रामपुर आएका थिए । बेलका नगरपालिका-५ स्थित झरनामा नुहाउदै गर्दा मंगलबार दिउँसो खुट्टा चिप्लिएर उनी तल दहमा खसेका थिए । दहमा खसे लगतै पानीमा डुबेर बेपत्ता भएपछि स्थानीय र प्रहरीले साझ ५ बजे उनलाई मृत अवस्थामा पोखरीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्