०९ पुष २०८१, मंगलबार

बैंकिङ कसुरको मुद्दामा फरार अधिकारीलाई पक्राऊ

कान्छो खवर । बुधबार, कार्तिक ०१, २०८०

गाईघाट, १ कार्तिक

प्रहरीले बंैकिङ्ग कसुरको मुद्दामा फरार रहेका श्रृजनशिल लघुबित्त संस्था मुकुर्चिमा कार्यरत तत्कालिन वरिष्ठ फिल्ड सहायक त्रियुगा नगरपालिका –५ बस्ने २७ वर्षिय गौरव वहादुर अधिकारीलाई पक्राऊ गरेको छ ।
सोमबार भारतको सिमा नजिक महोत्तरी बलवा नगरपालिका–९ अध्यानपुरबाट पक्राऊ गरि बुधबार प्रहरीले पत्रकार सम्मेलन मार्फत अधिकारीलाई सार्वजनिक गरेको हो । उनले आफू संस्थामा कार्यरत रहदा संस्थाको सदस्यहरुको फर्जी नामावली कागज बनाई फर्जी ऋण पत्र देखाएर साबा ५० लाख ९१ हजार ५७७ र सोको ब्याज २२ लाख ३१ हजार १६६ गरि जम्मा ७३ लाख २२ हजार ७४३ रुपैया ठगि गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
उनले २०७८÷१०÷२८ गते र विभिन्न मितिमा पैसा निकालेर फरार भएको प्रहरीले जनाएको छ । उनी विरुद्ध संस्थाबाट उजुरी परेपछि प्रहरीले बैंकिङ्ग कसुरमा मुद्दा चलाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्