०७ पुष २०८१, आइतबार

सरकार र स्थानिय तह कर्मचारी बीच सहमति

१९ बुदा मा सहमति आन्दोलन फिर्ता

कान्छो खवर । आइतबार, आश्विन २८, २०८०

गाईघाट २८ असोज । संघीय निजामती सेवा ऐनको बिरोधमा आन्दोलनरत स्थानिय तह कर्मचारी र सरकार बिच १९ बुदे सहमति भएको छ ।सहमति पछि स्थानिय तह कर्मचारीले आन्दोलन फिर्ता लिएका छ्न ।सनिवार भएको बार्तामा १९ बुदे मागमा सहमति भएको हो ।२०बुदे माग राखेर आन्दोलन गरिरहेका स्थानिय तह कर्मचारी केन्द्रिय सघरष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचीव कमलप्रसाद भट्टराई को संयोजकत्वमा गठन भएको बार्ता टोलि बीच सनिवारको बार्ता बाट सहमति भएको थियो । संघीय निजामती ऐनको सटटा एकीकृत निजामती सेवा ऐन हुनुपर्ने सघरष समितिको मागमा संघ , प्रदेश र स्थानिय सेवाका कर्मचारीहरुको सेवा र सर्तका विषयमा न्युनतम मापदण्ड समाबेश गर्ने सहमति भएको छ। तेसैगरि कर्मचारीको तह वृद्धि र बढुवाको सम्बन्धमा सरकारी बार्ता टोलिले प्रत्येक पाच बर्षमा तह वृद्धि हुने ब्यबस्था तथा एकै पदमा सेवा अबधि १२ बर्ष पुगेको हकमा एक पटकको लागी दुइ तह सम्म वृद्धिको ब्यबस्था गर्न पहल गर्ने सहमति भएको बार्ता टोलिका सयोजक भट्टराईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्