कान्छो खवर । शनिबार, आश्विन २७, २०८०
गाईघाट २७ असोज । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ।लुक्लाबाट ७.१३मा लोबुचे उडेको मनाङ एयरको “एन-एएनजे “कलसाइनको हेलिकप्टर सनिवार बिहान खुम्बुपासाङल्हामु गाउपालिका-४ लोबुचेमा दुर्घटना भएको हो ।दुर्घटनामा परि पाइलट प्रकाश कुमार सेढाई घाइते भएका छ्न ।नागरिक उडयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यात्रु लिन गएको मनाङ्को उक्त हेलिकप्टर बिहान अवतरणको बेला दुर्घटना भएको बताए ।पाइलट मात्र रहेको उक्त हेलिकप्टर के कारणले दुर्घटना भयो भन्ने बारे केहि खुलेको छैन ।घाइते पाइलट लाई फिसटेल एयरको हेलिकप्टर बाट काठमाडौं ल्याइ उपचारको लागि हाय्म्स अस्पतालमा भर्ना गरिएको प्राधिकरणले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्