०९ पुष २०८१, मंगलबार

उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष केशव बस्नेत लाई पद बाट हटाउन माग

स्वपनिल राई बिहिबार, आश्विन २५, २०८०

गाईघाट २५ असोज ।विभिन्न मजदुर संघ संगठनहरुले उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष केशव बस्नेत लाई पद बाट हटाउन माग गरेकाछ्न । उद्योग मन्त्री लाई सम्बोधन गरि बुधबार जारी सम्बोधन पत्र मा अध्यक्ष बस्नेतले उद्योग लाई गलत उदेश्यले दोहन गरेको र निज बाट उद्योग लाइ कुनै किसिमको सकारात्मक उपलब्धि नभएको भन्दै सम्पुर्ण ट्रेड युनियन तथा मजदुर कर्मचारी हरु को सङयुक्त हस्ताक्षर सहित उद्योग मन्त्री लाइ ध्यानाकर्षण गराएकाछ्न । २०७९ असोज बाट उद्योगको संचालक समितिको अध्यक्षमा नियुक्त बस्नेत ले उद्योग नियमित रुपमा सन्चालन गर्न नसकेको महाप्रबन्धक लाई अनावश्यक रुपमा हस्तक्षेप गरेर उद्योग सन्चालनमा बाधा व्यबधान उत्पन्न गराएको उनिहरुको आरोप छ। उनिहरुले ध्यानाकर्षण पत्रमा कोइला खरिदमा प्रत्यक्ष हस्तक्षेप गरि कमसल कोइला खरिद गरि दबाबमुलक रूपमा कोइला जाचपास ,दाखिला तथा प्रयोग गर्न लगाइ उद्योगको उत्पादनमा समेत हास ल्याएको भन्ने बुझिएको उनिहरुले उल्लेख गरेकाछ्न ।अध्यक्ष बस्नेतले मजदुर ,कर्मचारीको मासिक पारिश्रमिक समेत दबाबमा बिगत साउन महिना देखि हाल सम्म रोक्न लगाइ कोइलाको भुक्तानी सप्ल्याएर्स लाइ दिन दबाब दिएर बस्नेतले आर्थिक चलखेल गरेको उनीहरले आरोप लगाएकाछ्न । उद्योगको आर्थिक अबस्था दयनीय भएको अबगत हुँदा हुदै उद्योगको सवारी साधन बिना उदेश्य आफ्नो बेक्तिगत प्रयोजनमा ल्याइ सवारी मर्मतसम्भार शिर्षकमा मासिक लाखौं भुक्तानी लिने , विभिन्न बहानामा उद्योगको कामभनि भ्रमण भत्ता लिने , गाडी भाडा लगाएतका हवाई जहाज खर्च समेत आफु र आफु निकट का संचालक समिति सदस्यलाइ दबाबमुलक तरिकाले दिन लगाउने परम्परा बस्नेतले थालनि गरेको उनीहरुले मागपत्रमा उल्लेख गरेकाछ्न । सो विषयमा बस्नेत सङ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यहाँ कमेन्ट गर्नुहोस्