कान्छो खवर । बुधबार, आश्विन १७, २०८०
गाईघाट, १७ असोज
बरिष्ठ गायिका दिलमाया खातीको मंगलबार राती ८४ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि श्वास प्रश्वास सम्बन्धि रोगबाट पिडित खातीको भारतको दार्जिलिङंको घुमस्थीत दाईको घरमा निधन भएको हो । गित संगीतसँगै लामो समयदेखि शिक्षण पेशामा आवद्ध उनी अबिवाहित थिईन् । छातीमा समस्या आएपछि उनी केही दिन अघि अस्पताल बसेर घर फर्किएकी थिईन् । सन १९३९ अक्टुबर ६ तारीकमा दार्जिलिङंमा जन्मिएकी उनले झण्डै २ सयको हाराहारीमा गित गाएकी छिन् । उनले स्वा.नारायण गोपलसँग गाएको ‘‘ बिछोडको पिडा नसकी खप्न दंशैको बेलामा ’’ भन्ने गित अझै पनि कालजयी बनेको छ । सन १९६२ मा पहिलो पटक काठमाडौं आएकी उनको त्येस बेला नारायण गोपाल नातिकाजी र तारा देवि जस्ता दिग्गज कलाकारहरुको संगतले ६ महिना नेपाल बसेकी थिईन् । उनलाई २०७१ मा नारायण गोपाल संगीत कोषले नारायण गोपाल स्मृति पुरस्कारबाट सम्मान गरेको थियो । उनको निधनले नेपाली संगीत जगतलाई नै अपूर्निय क्षति पुगेको संगीतकार ईन्द आरपीले बताए ।