नमिता राई मंगलबार, आश्विन १६, २०८०
गाईघाट, १५ असोज
१५ वर्षिया किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा सोमबार एक मेडिकल पसले पक्राऊ परेकाछन् ।
असोज ९ गतेको घटना भए पनि गुपचुप राखिएको थियो । उक्त बलात्कारको घटना सामाजिक संजाल मार्फत गोप्य रुपमा बाहिरीएपछि प्रहरीको सक्रियतामा अभियुक्त पक्राऊ परेको हो । प्रहरीले त्रियुगा नगरपालिका–२ जोगिदहस्थीत बराहा औषधी पसलका संचालक सप्तरीका असुतोस तिवारीलाई पक्राऊ गरेको हो । बलात्कारको घट्ना भएर पनि गाउँ घरमै मिलाएर गोप्यरुपमा राखिएकोले घटना सार्वजनिक भएको थिएन । स्थानीयले चर्को दबाब दिएर प्रहरीमा जानकारी गराएपछि प्रहरीले घटनाको अनुसन्धानगरि तिवारीलाई पक्राऊ गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले तिवारी विरुद्ध मुद्दा दायरगरि अनुसन्धान शुरु गरिएको बताए ।
यहाँ कमेन्ट गर्नुहोस्