कान्छो खवर । शुक्रबार, आश्विन १२, २०८०
गाईघाट, १२ असोज
उच्च अदालत पाटनले सगरमाथा लोकमार्ग आयोजनाले ठेक्का तोड्ने गरेको निर्णयलाई सदर गरेको छ । गाईघाट–दिक्तेल सडक अन्तरगत फोक्सिनटार–सिम्पानी २७ किलोमिटर सडक खण्डको कालोपत्रेको ठेक्काको काममा निर्माण कम्पनीले बदमासी गरेपछि योजना कार्यालयले २०७९ पौष ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो । सडकको उक्त निर्णय विरुद्ध निर्माण कम्पनी देवनारायण–पवन–मैनाचुलि–खाम्पाचे जेभिल अदालत गएको थियो । पाटन उच्च अदालतका न्यायधिश टेक प्रसाद ढुंगना र गोकर्ण डागीको सयुक्त ईजलासले असोज १० गते खारेज गर्ने फैसला गरेको योजना प्रमुख गोपाल प्रसाद खकुरेलले बताए ।
उनले यस अघि अदालतले निर्माण व्यावसायीको पंक्षमा गरेको निर्णय उलटाई दिएको बताए । ठेकदारले मुद्दा दायर गरेपछि उच्च अदालतले अन्तिम फैसला नभए सम्मको लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यनयन नगर्न २०७९ माघ ४ गते अन्तरिम आदेश जारी गरेको थियो । तर अहिले योजनाले गरेको निर्णयको पंक्षमा अन्तिम फैसला आएको प्रमुख खकुरेलले बताए । अदालतको फैसलापछि अब भने सडक निर्माणको कामको लागि नँया टेण्डर खुलाउने काम शुरु गरिने उनले बताए ।
योजना प्रमुख खकुरेलले लामो समय देखि निर्माण व्यावसायीको कारण खोटाङंका बासिन्दाले दुःख पाईरहेकोमा अब भने निर्माणको कामले गती लिएर सहज हुने बताए । निर्धारित समयमा काम सम्पन्न नभएपछि उक्त खण्डको काममा योजना कार्यालयले पटक, पटक म्याद थप गर्दै आएको थियो । तर जति पटक म्याद थप गर्दा पनि निर्माणको काम नभएपछि योजना कार्यालयले बाध्य भएर ठेक्का तोड्नु परेको प्रमुख खकुरेलले बताए । उनले अब अरु चार वटा प्याकेजको कामको पनि ठेक्का तोड्ने तयारी भैरहेको बताए । पटक पटक म्याद थप गरिएको तर काम अलपत्र पारेकोले अब यो हप्ता भित्रै ठेक्का तोड्न लागिएको उनले बताए ।