कान्छो खवर । शुक्रबार, आश्विन ०५, २०८०
गाईघाट, ५ असोज
हात हतियार र ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दामा दोषी ठहर भै फरार रहेका एक प्रतिवादी पक्राऊ परेकाछन् ।
जिल्ला अदालत उदयपुरले ५ महिना २ दिन कैद र ६ हजार जरीवानाको फैसला गरेको उदयपुरको बेलका नगरपालिका–९ रामपुरका ३६ वर्षिय ठुले भन्ने रुपेस नेपालीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राऊ गरेको हो ।
अदालतले ३ वर्ष अघि नै फैसला गरेको भए पनि नेपाली फरार थिए । गोप्य सूचनाको आधारमा उनी घरमै लुकेर बसेको बेला नेपालीलाई प्रहरीले पक्राऊ गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रोशन थापाले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्