कान्छो खवर । शुक्रबार, भाद्र २९, २०८०
गाईघाट, २९ भदौ
हेटांैडामा दुई चिकित्सक माथि भएको कुटपिटको घट्नालाई लिएर जिल्ला अस्पताल उदयपुरमा शुक्रबारदेखि अनिच्छितकालको लागि बन्द भएको छ ।
अस्पतालमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेर हड्तालमा उत्रिएकाछन् । सेवा बन्द भएपछि विहानै अस्पताल पुगेका संयौ विरामीहरु उपचार सेवा लिन नपाई फर्कन बाध्य भएकाछन् । जिल्ला अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकको कारण विरामीहरुले राम्रो उपचार सेवा लिन पाएका छन् । अस्पताल दुई वर्ष अघि सम्म रेफर सेन्टरको रुपमा चिनिने गरेको थियो । चिकित्सक माथि कुटपिटको घटनालाई लिएर अस्पतालमा कार्यरत ६ चिकित्सकले विहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा शुक्रबार देखि सेवा बन्द गरिने भन्दै लिखित रुपमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विज्ञप्ती बुझाएका थिए । विज्ञप्तीमा चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सुरक्षाको प्रत्यभूति नभएसम्म र दोषी उपर कार्यवाही नभए सम्म अस्पतालको सेवा बन्द गरिने उल्लेख गरिएको छ । मानसिक रुपले विछिप्त अवस्थामा हामी विरामी हेर्न असमर्थ रहेको जानकारी गराउदै आकस्मिक सेवा वाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको लिखित पत्रमा उल्लेख गरिएको छ ।
अस्पतालका मेसु ज्ञानेन्द्र झाले आकास्मिक सेवा बाहेक अरु सेवा बन्द गरिएको बताए ।
श्याम राई, उदयपुर