कान्छो खवर । बुधबार, भाद्र २०, २०८०
गाईघाट, २० भदौ
दश दिनदेखि हराईरहेका चिकित्सक प्रज्वल कोईरालाको शब मंगलबार फेला साँझ परेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको पूर्वतर्फको भंगालोमा कोईरालाको शब भेटिएको प्रहरीले जनाएको छ । शब पूरै सडेको अवस्थामा भेटिएको र आफन्तले पहिचान गरेको उदयपुर प्रहरीका प्रमुख एसपी ज्ञानेन्द्र फूयालले बताए । कोशीको पूर्वतर्फको भंगालोमा शब तैरीरहेको अबस्थामा माछा मार्ने माझीले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर शब नदी बाहीर निकालेपछि कोइरालाको आफन्तलाई बोलाएर पहिचान गर्न लगाउदा पत्ता लागेको एसपी फूयालले बताए ।
झापा दमकका ३२ वर्षिय कोइराला मोरङंको उर्लाबारी स्थित मदन भण्डारी ट्रमा सेन्टरमा चिकित्सकको रुपमा कार्यरत थिए । उनी भदौ १० गते आफ्नो निजी गाडी लिएर सप्तकोशी आएका थिए । कोशी पारी उदयपुर तर्फको एक होटेल अगाडी गाडी राखेर उनी एकाएक बेपत्ता भएका थिए । पुलको बिच भागमा आफूले प्रयोग गर्दै आएको मोवाईल फोन र जुत्ताको मोजा छाडेर उनी हराएका थिए । कोईरालाको पहिचान भए लगत्तै उनको प्रहरीले गोताखोर प्रयोग गरेर कोशीमा खोजी कार्य गरेको थियो तर फेला पार्न सकिएको थिएन । उनले कोशीमा हाम्फालेर आत्मा हत्या गरेको आशंका गरिएको भए पनि घट्नाको बास्तबिक कुरा खुल्न सकेको छैन । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाएको छ ।
v