०८ पुष २०८१, सोमबार

चट्याङं लागि उदयपुरमा १२ वर्षिय बालकको मृत्य

कान्छो खवर । बुधबार, जेठ १०, २०८०

गाईघाट, १० जेष्ठ
उदयपुरको कटारी नगरपालिका–१२ चिलाउनेमा मंगलबार साँझ हावाहुरीसँगै परेको चट्याङं लागि १२ वर्षिय बालकको मृत्यु भएको छ ।
स्थानीय निमा तामाङंको १२ वर्षको छोरा खड्ग वहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तामाङं घर नजिकैको गोठमा बसिरहेको बेला हुरी बतास र मुशलधारे वर्षासँगै परेको चट्याङ लागेर घटना स्थलमा नै मृत्यु भएको डिएसपी हरिनन्दन चौधरीले बताए ।
मृतकको सब कटारी अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्