०८ पुष २०८१, सोमबार

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चोरीको काठ सहित पक्राऊ

कान्छो खवर । मंगलबार, बैशाख ०५, २०८०

गाईघाट, ५ बैशाख। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चोरीको काठ सहित पक्राऊ परेकाछन् ।
जंगलबाट ५ थान काचो सखुवाको झण्डै ४१ सेफटी काठ स. १ त ७०४८ नम्बरको ट्याक्टरमा लोड गर्दै गर्दा त्रियुगा नगरपालिका–५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिल वहादुर मगरलाई आईतबार साँझ वन सुरक्षाकर्मीको टोलीले पक्राऊ गरेको हो ।
त्रियुगा नगरपालिका–५ दमौटीको खोरीया खोला नजिकको जंगलमा अवैध रुपमा लकडी कटान भैरहेको सूचनाको आधारमा सो क्षेत्रमा वन गस्ती टोलीलाई पठाईएकोमा टोलीले चोरीमा संलग्न अध्यक्ष मगरलाई काठ, ट्याक्टर सहित पक्राऊ गरेको सहायक वन अधिकृत जागेश्वर साहले बताए ।
मगरलाई वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद थपगरि अनुसन्धान गरिएको साहले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्