०८ पुष २०८१, सोमबार

जिल्ला अस्पताल उदयपुरमा कार्यरत अहेव २६ वर्षिय राजिव कुमार यादव पक्राऊ

कान्छो खवर । बुधबार, माघ २५, २०७९

वालिका करणी गरेको अभियोगमा जिल्ला अस्पताल उदयपुरमा कार्यरत अहेव २६ वर्षिय राजिव कुमार यादव पक्राऊ परेका छन् । खोटाङकी १४ वर्षिया वालीका लाई ललाई फकाई गाईघार स्थीत एक होटलमा जवरजस्ती करणी गरेको अहेव यादव माथि आरोप छ । सिराहाको सुखीपुर नगरपालिका १ घर भएका यादव त्रियुगा नगरपालिका १२ दुर्गा टोलमा वस्दै आएका थिए । न्युक्रिस होटल एण्ड लंजमा यादवले माघ २ गते वालिका लाई करणी गरेका थिए । उनलाई वालिकाको जाहेरीको आधारमा शनीवार पक्राऊ गरीएको डिएसपि राकेश कुमार पोदारले वताए । गाईघाट मा डेरा गरी वस्दै आएकी पिडीत वालीका कक्षा ८ मा अध्यनरत छीन् । उनलाई अहिले सेफ हाउसमा राखीएको प्रहरीले जनाएको छ । अहेव संगै ४८ वर्षिया तीर्थमाया तामाङ , खोटाङ रुपाकोटकी १९ वर्षिया सुन्या भन्ने सुचना राई लाई समेत पक्राऊ गरीएको प्रहरीले जनाएको छ । वालीका वलात्कार को घटनामा उनीहरु मतियार रहेको खुल्न आए पछि उनीहरु लाई पक्राऊ गरीएको डिएसपि पोदारले वताए । घटनामा संलग्न एक जना भने फरार रहेको प्रहरीले जनाएको छ

यहाँ कमेन्ट गर्नुहोस्