कान्छो खवर । आइतबार, बैशाख ०७, २०८२

गाईघाट ७ बैशाख ।
त्रियुगा नगरपालिकाले नगर प्रहरीको निधन भएकोमा आइतबार शोक बिदा दिएको छ । सनिवार बिहान रुखबाट लडेर मृत्यु भएका नगर प्रहरी ५० बर्षिय रामकुमार थापा मगरको मृत्यु भएको हो ।
वडा नम्बर १४ निबासी मगर त्रियुगामा नगर प्रहरीमा कार्यरत थिए । नगर प्रमुख वसन्त बस्नेतले मगरको निधनमा कार्यालय , वडा र विभिन्न शाखा एक दिनको लागि बन्द गरिएको बताए ।
सनिवारको उक्त घटना पछी नगरपालिकाले अचानक शोक बिदा दिदा कार्यालय समयमा सेवा लिन आएका सेवाग्राही नगरपालिकाको मुल गेट बाटै फर्किएका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्