कान्छो खवर । आइतबार, बैशाख ०७, २०८२

गाईघाट ७ बैशाख ।
धरान – इटहरी सडक खण्डमा सनिवार राति भएको कार दुर्घटनामा उदयपुरका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । कारमा सवार अन्य तीन जना घाइते भएका छ्न।
धरानदेखि इटहरी तर्फ आउदै गरेको प्र-०१-०३०च ४६१८ नम्बरको कार इटहरी उपमहानगरपालिका २० पानीपिया जंगलमा राती ११ बजे दुर्घटना हुदा गम्भीर रुपमा घाइते भएका उदयपुर चौदण्डिगढी नगरपालिका ९ ज्यामिरेका २९ बर्षिय बिष्णु राउतको उपचारको क्रममा आइतबार बिहान १ बजे धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक सुनसरी रामधुनी नगरपालिका ७ का बिबेक लामा , इटहरी नपा ४ का ४३ बर्षिय गङ्गा बस्नेत र इटहरी १ का ३१ बर्षिय कल्याण कटुवाल घाइते भएका छ्न । उनिहरुको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा आइरहेको उक्त कार आफै अनियंत्रित भएर सडक देखि पुर्ब तर्फ रहेको रुखमा ठोक्किएर दुर्घटना भएको सुनसरी प्रहरी कार्यालयका डिएसपी भोगराज खतिवडाले बताए ।
उनले कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भैरहेको बताए ।