०५ बैशाख २०८२, शुक्रबार

कटारीको सिमानपुर खोलामा निर्माण भएको पुल बाढीले भत्काउदा झन्डै २ करोड बराबरको क्षती

कान्छो खवर । बिहिबार, चैत्र २७, २०८१

गाईघाट  २८  चैत ।

सिदिचरण राजमार्ग अन्तरगत सिमान्तपुर खोलामा निर्माण  भएको पुल बिहीबार बिहान आएको बाढीले भत्काउदा झन्डै २ करोड बराबरको क्षती भएको छ ।

बिहानी पख परेको अबिर बर्षाले खोलामा भीषण बाढी आउँदा  तीन दिन अघि निर्माण सम्पन्न भएको उक्त पुल भत्किएको प्रहरीले जनाएको छ ।लेदो र ढुङ्गा सहितको बाढीले बनिसकेको उक्त पुलको ढलान भत्किएको कटारी – घुर्मी सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए ।

योजना कार्यालयका सूचना अधिकारी बीरेन्द्र महतोले प्रीस्ट्रेस बक्स बदर मोडेलको  ५० मिटर लम्बाईको उक्त पुलको चार खण्ड मध्य एउटा खण्डमा निर्माण भएको पुल बाढीले भत्किएको बताए ।

एउटै खोलामा ४ वटा पुल निर्माणको लागि २८ करोड ९९ लाख ४  हजारको लागतमा सुर्य एन्ड सन्स कन्ट्रक्सनले ठेक्का लिएको उनले बताए ।२०७९ असार २९ गते सम्झौता भएको उक्त पुल तीन दिन अघि निर्माण सम्पन्न भएको हो ।

योजना प्रमुख ज्ञवालीले निर्माण कम्पनीले बिमा कम्पनी संग पुलको बिमा गरेकोले ब्याबसायीलाई कुनै समस्या नपर्ने बताए ।उनले बाढीको कारण पुल भत्किएको र बिमा कम्पनीको प्रतिनिधि आएर क्षतिको मुल्यांकन गरिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्