०५ बैशाख २०८२, शुक्रबार

जलजले स्थित बाख्रा गोठमा बुधबार राति आगलागी , झन्डै ६ लाख बराबरको क्षती

कान्छो खवर । बिहिबार, चैत्र २७, २०८१

गाईघाट  २८  चैत  ।

बाख्रा गोठमा बुधबार राती भएको आगलागीबाट झन्डै ६ लाख बराबरको क्षती भएको छ ।त्रियुगा नगरपालिका  ६ जलजले स्थित नरमाया श्रेष्ठ र बिना गुरुङले सन्चालन गरेको बाख्रा फर्ममा राति ११.५० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आगलागीबाट बिनाको झण्डै २ लाख बराबरको र नरमायाको ४ लाख गरि ६ लाख बराबरको क्षती भएको जनाएको छ । ६ वटा भन्दा बढी खसी बाखा जलेर मरेको र अरु केहि जलेर घाइते भएको छ भने काठ र सिमेन्टले बनेको गोठहरु जलेर नष्ट भएको प्रहरीले उल्लेख गरेको छ ।

आगो कसरी गोठमा लाग्यो भन्ने बारे केही खुलेको छैन ।गोठमा लागेको आगो झन्डै २ घन्टा पछी दमकल र स्थानियले निभाएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्