०५ बैशाख २०८२, शुक्रबार

लागूऔषध ब्राउन सुगर बरामद हुने क्रममा वृद्धि , बुधबार राती ब्राउन सुगर सहित एक जना पक्राउ

कान्छो खवर । बिहिबार, चैत्र २७, २०८१

गाईघाट  २८  चैत  ।

प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउन सुगर सहित कारोबारी र सेवनकर्ताहरुलाई पक्राउ गरिरहेको छ ।एक साता यता मात्र ब्राउन सुगर सहित ७ जना पक्राउ परेका छ्न ।

बुधबार राती बेलका नगरपालिका ९ भचुवाका २१ बर्षिय दिबस बिक २४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छ्न ।ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलिले बिकलाई उनकै घर देखि पक्राउ गरेको हो ।

बिशेश सूचनाको आधारमा प्रहरीले उनलाई ब्राउन सुगर सहित पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ ।पछिल्लो समयमा जिल्लामा ब्राउन सुगर बरामद हुने क्रम बढेको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्