०५ बैशाख २०८२, शुक्रबार

रामपुरमा दुई युबा ब्राउन सुगर सहित पक्राउ

कान्छो खवर । बुधबार, चैत्र २६, २०८१

गाईघाट  २७  चैत  ।

रामपुर प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । गस्तीको क्रममा प्रहरीले सोमबार साझ उनिहरुलाई पक्राउ गरेको भए पनि घटना बारे बुधबार सार्वजनिक गरेको हो ।

रामपुर देखि लालबजार तर्फ आउदै गरेको को ३९ प ५६४९ नम्बरको स्कुटरमा सवार बेलका नगरपालिका ३ का चालक बर्ष २६ का मुस्कान राई र बर्ष २१ का खम्बबहादुर दाहाललाई १ ग्राम ३३८ मिलि ब्राउन सुगर सहित प्रहरीले साझ ७ बजे पक्राउ गरेको जनाएको छ ।

रामपुर प्रहरीले उनिहरु सवार स्कुटर चेकजाँच गर्ने क्रममा दाहालको गोजी भित्र लुकाएर राखेको बेला ब्राउन सुगर बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ ।पक्राउ परेका दुबै जना लागूऔषध सेबनकर्ता रहेको खुलेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्