०५ बैशाख २०८२, शुक्रबार

बेल्टारमा मारुती कार दुर्घटना हुदा तीन जना घाइते

कान्छो खवर । बुधबार, चैत्र २६, २०८१

गाईघाट  २७ चैत  ।

बेलटारमा बुधबार बिहान कार दुर्घटना हुदा एक बालक सहित तीन जना घाइते भएका छ्न ।

मदन भण्डारी राजमार्ग अन्तरगत चौदण्डिगढी नगरपालिका ६ सातधारेमा बिहान ८ बजेको समयमा बागमती प्रदेश बि एबि ५४९२ नम्बरको मारुती कार सडक छेउमा दुर्घटना हुदा एक बालक र दुई महिला सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मोरङको केरावारि देखि काठमाडौ तर्फ आउदै गरेको उक्त कार सडक घुम्तीमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।कार चालक बिनोद भट्टराई सकुशल रहेका छ्न ।घाइतेहरु सबैको बेल्टार अस्पतालमा उपचार भैरहेको छ । कारमा छ जना यात्रु रहेका थिए ।

दुर्घटनाग्रस्त कारलाई सडक बीचबाट हटाइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्