०४ बैशाख २०८२, बिहिबार

ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित चार जना युवा पक्राउ

कान्छो खवर । मंगलबार, चैत्र २५, २०८१

गाईघाट   २६  चैत  ।

प्रहरीले आइतबार राति लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई त्रियुगा नगरपालिका ९ स्थित रातमाटेबाट पक्राउ गरेको छ ।

गाईघाट देखि साउने तर्फ जादै गरेको बा ११ च ९४११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा ६.७३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित राति ११ .४० बजे उनिहरुलाई पक्राउ गरिएको एसपि हरिहरनाथ योगीले बताए ।

पक्राउ पर्नेहरुमा गाडीका चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका २का बर्ष ३१ का आशिष् जोशी , गोर्खा नगरपालिका ७ का बर्ष २५ का सबिन गान्दारी मगर , सोलुखुम्बु घर भै भक्तपुर सुर्यबिनायक नगरपालिका ९ का २१ बर्षिय बरबिन खत्री र सुनसरी बराहक्षेत्र नगरपालिका ११ का एलिया बलम्पाखी मगर रहेका छ्न ।

एसपी योगीले बरामद पदार्थ ब्राउन सुगर असली या नक्कली के हो भन्ने बारे केहि नखुलेको तर  अनुसन्धान गर्ने काम भैरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्