२६ चैत्र २०८१, बुधबार

बसको ठक्करबाट गाईघाटका एक ब्यक्तिको मकवानपुरमा मृत्यु

कान्छो खवर । सोमबार, चैत्र २४, २०८१

गाईघाट  २५  चैत  ।

बसको ठक्करबाट सोमबार बिहान मकवानपुरमा गाईघाटका एक ब्यक्तिको मृत्यु भएको  छ ।

गाडी रोकेर शौच गर्न बाटो काट्ने क्रममा मनहरी गाउपालिका ९ खरङगा स्थित पुर्ब -पश्चिम राजमार्गको सडक खण्डमा बसले बिहान २.४० बजे ठक्कर दिदा त्रियुगा नगरपालिका ११ संगम टोल बस्ने बर्ष ५८ का जितबहादुर प्रधानको मृत्यु भएको हो ।

मृतक प्रधान बा.प्र .०१-००६ ख ६७१६ नम्बरको गाडीमा सवार थिए ।शौच लागेर उनि गाडी रोकेर सडकको अर्को तर्फ जादै गरेको बेला बिपरित दिशाबाट आउदै गरेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर रूपमा घाईते प्रधानलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा चिकित्सकले बिहान ३.३० बजे मृत घोषित गरेको डिएसपी श्यामु अर्यालले बताए ।

प्रधानको शब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको र बसका चालक मोहन थापालाई नियन्त्रणलाई लिएको डिएसपी अर्यालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्