२६ चैत्र २०८१, बुधबार

त्रियुगाको गुरुधाममा आगलागी हुदा एक घर जलेर नष्ट , झन्डै ९९ लाख बराबरको क्षेति

कान्छो खवर । आइतबार, चैत्र २३, २०८१

फोटो : साङकेतिक

गाईघाट  २४  चैत  ।

त्रियुगा नगरपालिका १५ स्थित गुरुधाममा आइतबार बिहान भएको आगलागीबाट झन्डै ९९ लाख बराबरको क्षेती भएको छ ।

बिहा ३ बजेको समयमा कुखुरा फर्ममा लागेको आगो फैलिएर स्थानिय महाबिर कटुवालको  तल्ले काठ र सिमेन्टले बनेको  दुई तल्ले पक्की घर पुर्ण रूपमा जलेर नष्ट हुदा झन्डै ९९ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो भन्ने केही खुलेको छैन ।आगलागीबाट कटुवालको घरमा रहेको नगद ६ लाख , ५ तोला सुन , ५ तोला चाढी ,फर्निचरको सामान ,अन्नपात , खाद्यान्न , लत्ताकपडा र फर्म हाउसमा रहेको ५५० वटा कुखुरा जलेर नष्ट भएको एसपी हरिहरनाथ योगीले बताए ।

कटुवालले घर नजिकै खोलेको कुखुरा फर्ममा बिजुली सर्ट भएर आगो लाएको हुन सक्ने अनुमान गरिएको गरिएको भएता पनि कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्