२४ चैत्र २०८१, सोमबार

चैत २५ देखि उदयपुर भरिका सामुदायिक बिध्यालयमा शैक्षिक आमहडताल

कान्छो खवर । आइतबार, चैत्र २३, २०८१

गाईघाट  २४  चैत  ।

नेपाल शिक्षक महासघले गुणस्तरीय बिध्यालय शिक्षा , बिध्यार्थी र शिक्षक -कर्मचारी मैत्री बिध्यालय शिक्षा ऐन जारी गराउन तथा शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन सोमबार देखि आम शैक्षिक हडतालको आबहान गरेको छ ।

चैत २० गते देखि काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले उनिहरुको मागमा सरकारले कुनै सुनुवाइ नगरे पछी आन्दोलन चर्काएर माग पुरा गराउन भोलिदेखि शैक्षिक आमहडताल सुरु गर्न लागेको हो ।

नेपाल शिक्षक महासघ उदयपुरले आइतबार बिज्ञप्ती  जारी गर्दै आम शैक्षिक हडताललाई निर्णायक बनाउन सबै शिक्षक कर्मचारीलाई अनिवार्य सहभागी हुन अपिल गरिएको छ ।

जिल्ला अध्यक्ष सुभाष बिष्ट  द्वारा जारी गरिएको बिज्ञप्तिमा जिल्ला भरिका शिक्षक तथा कर्मचारीहरुलाई माध्यमिक शिक्षा परिक्षा र कक्षा  ८ को आधारभुत तहको परिक्षा अन्तरगत उत्तर पुस्तिका परिक्षण कार्यमा सहभागी नहुन ,अनुरोध गरिएको छ ।

बिज्ञप्तिमा आन्दोलनमा ऐक्यबद्ता जनाउन बिध्यार्थी ,अभिभावक , बिध्यालय ब्यबस्थापन समिति र सरोकारवालाहरुमा समेत अनुरोध गरिएको उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्